Logo

Breaking News 1

संसदीय समितिको कार्यादेशबारे छलफल गर्न शीर्ष नेताहरूको बैठक बस्दै



काठमाडौं । सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन र कार्यादेशका विषयमा छलफल गर्न प्रमुख दलका शीर्ष नेताहरूको बैठक बस्दैछ ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बस्दैछ । शनिबार साँझ उक्त विषयमा शीर्ष नेताहरुबीच भएको छलफल निष्कर्षविहीन भएको थियो ।

बैठकमा कार्यदलका सदस्यसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायत नेता सहभागी थिए ।

कार्यदलका सदस्यले शनिबारको बैठकमा छलफल सकारात्मक भए पनि टुंगोमा पु¥याउने बाँकी काम आइतबार बस्ने शीर्ष नेताबीचको बैठकले टुंगो लगाउने जनाएका थिए ।

आज सरकारले जेठ १ गते संयुक्त सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमाथि छलफल सकेर दुवै सदनबाट पारित गरेर अघि बढ्ने रणनीति बनाएको छ ।

जसका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक पनि साढे ११ बजे का लागि डाकेको छ । बिहान बस्ने शीर्ष नेताबीच सहमति हुन नसके आजको संसद् बैठकमा पनि कांग्रेसले अवरोध गर्न सक्ने देखिएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ८ : १४ बजे