इस्लामबाद । पाकिस्तानको एक तिहाइ भूभाग ऐतिहासिक बाढीबाट पूरै डुबेको त्यहाँका जलवायुमन्त्रीले बताएका छन् । विनाशकारी बाढीले सडक, घर र बालीहरू बगाएको छ । ‘यो सबै एउटै ठूलो महासागर हो, पानी बाहिर निकाल्न कुनै सुख्खा जमिन छैन’ जलवायुमन्त्री सेरी रहमानले भनिन् । जुनमा मनसुन सिजन सुरु भएयता कम्तीमा १,१३६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्…