न्युयोर्क । संघीय अनुसन्धान व्युरो (एफबिआई)ले डेलावार राज्यको विल्मिंगटनस्थित अमेरिकी राष्ट्रपति जो बाइडेनको निवासमा खानतलास गरेको छ । खानतलासका क्रममा एफबिआईले ‘गोप्य’ लेखिएका केही दस्तावेज र अन्य केही कागजात आफ्नो स्वामित्वमा लिएको बाइडेनका वकिलले बताएका छन् । केही दिनअघि राष्ट्रपतिका वकिलहरूले मध्यावधि निर्वाचनको केही समयअघि वासिंगटनको पेन बिडेन केन्द्रको पूर्वकार्यालयमा केही गोप्य दस्तावेज फेला पारेको…