इसतानबुल । विनाशकारी भूकम्पको १३ दिनपछि टर्कीका उद्धारकर्मीले शनिबार भग्नावशेषबाट एक बालकसहित तीन जनालाई जीवितै उद्धार गरेका छन् । उद्धारकर्ताहरूले भग्नावशेषमा फसेको २ सय ९६ घण्टा बिताएपछि उद्धार गरिएका व्यक्तिलाई स्ट्रेचरमा राखेका तस्बिर एनटीभीले प्रसारण गरेको छ । टर्कीका उद्धारकर्ताले १४ वर्षीय बालक, ४५ वर्षीय एक व्यक्तिसहित अर्को एक जनालाई भग्नावशेषबाट बाहिर निकालेका प्रहरी र…