मस्को । वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनको मृत्युपछि नयाँ प्रमुखका बारेमा छलफल सुरु भएको छ । अहिले मेजर जनरल एन्ड्री एभेरियानोभको नाम सबैभन्दा अगाडि आईरहेको छ । एभेरियानोभले बेलायतमा बस्ने केजीबीका पूर्व जासुस सर्गेई स्क्रिपलको हत्या गर्ने षड्यन्त्र रचेकाे भनिदै आइएकाे छ, साे घटनालाई ‘सलिसबरी पोइजनिङ’ भनिन्छ। उनले यो सबै राष्ट्रपति भ्लादिमिर पुटिनको निर्देशनमा गरेको भनिदै…