Logo

पालिकास्तरीय फुटसल प्रतियोगिता सम्पन्न, बिगुले उचाल्यो ट्रफी

काठमाडौं । नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चले पालिकास्तरीय फुट्सल प्रतियोगिता भव्यरूपमा सम्पन्न गरेको छ । हिजो शनिबार भक्तपुरको दिव्यश्वरी प्लानिङस्थित रोयल नेपाल फुट्सलमा प्रतियोगिता आयोजना गरिएको थियो । मैत्रीपूर्ण सो प्रतियोगितामा बिगु गाउँपालिका सम्पर्क मञ्चले ऐतिहासिक जित हासिल गरेको छ । प्रतियोगितामा कालिञ्चोक गाउँपालिका सम्पर्क मञ्चले दोस्रो र भीमेश्वर नगरपालिका सम्पर्क मञ्चले तेस्रो स्थान हासिल…