काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पीएसजीले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा पीएसजीले टुलुजलाई ३–० गोल अन्तरले हराएको हो । टुलुजको घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन नेयमार, केलियन एम्बाप्पे र जुआन बर्नाटले एक–एक गोल गरे । खेलको ३७औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए…