Logo

साफ यू–२० च्याम्पियनसिपको फाइनल : पहिलो हाफमा नेपालविरुद्ध बंगलादेशले १–० अग्रता

काठमाडौं । साफ यू–२० च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा नेपालविरुद्ध बंगलादेशले १–० अग्रता बनाएको छ । एन्फा कम्प्लेक सातदोबाटोमा जारी पहिलो हाफको समाप्तिमा नेपाल एक गोलले पछि परेको हो ।  बंगलादेशका मिराजुल इस्लामले एटिन यार्ड बक्स बाहिरबाट पाएको फ्रिकिलाई सोझै गोलमा परिणत गरेका थिए ।