काठमाडौं । त्रिकोणात्मक सिरिजअन्तर्गत आज नेपाल र भारतीय क्लब गुजरातबीच प्रतिस्पर्धा हुँदै छ । खेल दिउँसो पौने ३ बजेबाट मेघपन स्पोर्ट्स लाइफ ग्राउन्डमा हुनेछ । एसीसी प्रिमियर कप र टी-२० विश्वकपको तयारीस्वरूप नेपालले गुजरात र बरोडासँग टी-२० फ्रेन्डसिप कप खेल्न लागेको हो । नेपालले यही साता आयरल्यान्ड उल्भ्ससँग दुई खेलको टी-२० शृंखला खेलेको थियो ।…