काठमाडौं । नेपालमा जारी काभा महिला भलिबल नेसन्स लिगको तेस्रो स्थान इरानले हासिल गरेको छ । इरानले बुधबार भएको तेस्रो स्थानको खेलमा दक्षिण एसियाली मुलुक श्रीलंकालाई ३–० को सोझो सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा रहेको कभर्ड हलमा भएको खेलमा इरानले पहिलो सेट २५–२२ ले जितेको थियो…