काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले बुद्धले दिनु भएको ज्ञानलाई आफ्नो जीवनपद्धतिमा अनुसरण गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन् । आईतबार सम्पन्न बुद्ध दर्शन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘धम्म डिस्कसन’ बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । मन्त्री पाण्डेले भने, ‘बुद्ध नेपालमा जन्मेकोमा गर्व गर्नु भन्दा पनि बुद्घको ज्ञानलाई आफ्नो जीवनमा…