काठमाडौं । वसन्तपुरमा आइतबार बिहान इन्द्रध्वजा ठड्याएसँगै काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा शुरू भएको छ । बिहान ८ बजेर २६ मिनेटको साइतमा इन्द्रध्वजा उत्थान गर्दै यस वर्षको इन्द्रजात्रा आजदेखि शुरू भएको हो । हनुमानढोका दरबार अगाडि इन्द्रध्वजा ठड्याएपछि औपचारिक रूपमा इन्द्रजात्रा शुरू हुने परम्परा छ । हरेक वर्ष भदौ शुक्ल द्वादशीका दिनदेखि एक हप्तासम्म मनाइने येँया…