रामेछाप । सिन्धुलीको तिनपाटन गाउँपालिका–५ स्थित जाँते खोलाको माथिल्लो भेगमा रहेको प्राकृतिक गुफाभित्रको महादेव मन्दिर प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ । स्थानीय गोठालाहरूले २०४० सालतिर गाईहरू एकै ठाउँमा बस्न चाहनुको कारण खोज्दा फेला पारेको यो गुफा धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्त सम्भावनायुक्त स्थानका रूपमा चिनिन्छ । स्थानीय भरत राउतका अनुसार – गुफाभित्र गोठालाहरूले शिवलिंग, गणेशको…