मेष राशिपरिस्थितिवश सामान्य काममा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ। अवसरवादीहरूले फसाउन सक्छन्। व्यवसायको सन्दर्भमा यात्राको अवसर पनि जुट्नेछ। तर बलजफ्तीको प्रयासले समस्या निम्त्याउन सक्छ। बृष राशिनयाँ अवसरले आत्मबल बढ्नेछ र काममा सफलता प्राप्त हुनेछ। छोटो समयमा फाइदा लिन सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापारले फाइदा दिनेछ। मिथुन…