ललितपुर । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथयात्रा जारी छ । रातो मछिन्द्रनाथको रथ यात्राको पहिलो दिन ललितपुरको पुल्चोकबाट गाःबहालमा पुर्याइएको थियो । हरेक वर्ष रथयात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु हुन्छ । रथयात्रा असार शुक्ल चतुर्थीसम्म चल्छ । रातो मच्छिन्द्रनाथको रथ यात्रा ललितपुर उपत्यकाको सबैभन्दा भव्यरूपमा मनाइने महत्त्वपूर्ण तथ लामो जात्राका रूपमा लिइन्छ…