काठमाडौं । आज देशभर काग तिहार पर्व मनाइँदै छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने यो पर्व यमराजका दूतका रूपमा कागलाई पूजा आराधना गरी मीठा परिकार खुवाएर मनाइने परम्परा रहिआएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक शम्भुप्रसाद ढकालका अनुसार यस वर्ष त्रयोदशी तिथि आइतबार सूर्योदयकालमै परेकाले आजै काग तिहार पर्व मनाइँदै छ।…