जनकपुर । जनकपुरधाममा जगन्नाथ रथ यात्रा निकालिएको छ । शुक्रबार (आज) जानकी मन्दिरको प्रांङ्गनबाट निकालिएको जगन्नाथ रथ यात्रा जनकपुरधामको विभिन्न मुख्य चोकहरुको परिक्रमा गरी पुनः जानकी मन्दिर परिसरमा पुगेको छ । स्कन्द पुराणमा उल्लेख भएअनुसार एकदिन भगवान जगन्नाथ (कृष्णं)सँग बहिनी सुभद्राले नगर अवलोकनका साथै द्वारका दर्शन गराउन आग्रह गरिन् । बहिनीको आग्रहअनुसार कृष्णले दाजु बलदेव…