काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल सम्बन्धी विधेयकले प्रेसको स्वतन्त्रतालाई निषेध गर्न खोजेको बताएका छन् । शुक्रबार संसदबाहिर बोल्दै उनले सामाजिक सञ्जाललाई नियमन गर्नको लागि कानूनी जरुरी भएपनि नियन्त्रण गर्ने कुरा भने गलत भएको बताए । उनले भने, ‘सामाजिक सञ्जाललाई नियमन गर्नको लागि भनेर राष्ट्रिय सभामा सरकारले जे विधेयक दर्ता गरेको छ…