काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दैछ । शुक्रबार अपराह्न १ः१५ बजे बस्ने बैठकको सुरुवात अर्थमन्त्री विष्णु पौडेलसँग सम्बन्धित मौखिक प्रश्नोत्तरबाट हुनेछ। त्यस्तै अर्थमन्त्रीले सांसदहरूले उठाउने प्रश्नको जवाफ दिने कार्यक्रम छ। त्यसपछि विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गर्नेछिन्। यस्तै, राष्ट्रियसभाका सचिव…