मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले पार्टीको विधानअनुसार महाधिवेशन निर्धारित समयमा नै सम्पन्न गर्न माग गरेको छ । शुक्रबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमार्फत जिल्ला नेतृत्वले पार्टी केन्द्रीय समितिसमक्ष मङ्सिर भित्र महाधिवेशन गर्न आवश्यक तयारी तत्काल अघि बढाउन आग्रह गरेको हो । जिल्लास्तरका पदाधिकारी र कार्यकर्ताको उपस्थिति रहेको पत्रकार सम्मेलनमा नेतृत्वले हालको ढिलाइले संगठनात्मक गतिशीलता कमजोर हुने…