Logo

जसपाकाे केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय बालकुमारीमा बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको छ । बैठक पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बोलाइएको हो । बैठकमा केन्द्रीय नेताहरूलाई जिम्मेवारी बाँडफाँड गर्नेलगायतका विषयमा छलफल हुने छ ।