काठमाडौं । एक दर्जन निष्कर्ष निकालेर नेपाली कांग्रेसको महासमिति बैठक सकिएको छ। दुबैजना महामन्त्रीका छुट्टाछुट्टै प्रतिवेदन, उपसभापतिको सम्वोधन र कोषाध्यक्षको आर्थिक प्रतिवेदनको सेरोफेरोमा रुमल्लिएर महासमिति एक दर्जन निष्कर्षमा पुगेको हो। सभापति शेरबहादुर देउवाले देशभरबाट जुटेका बाइस सय भन्दाबढी महासमिति सदस्यहरुलाई सम्वोधन गरेका थिए। सभापति देउवाको सम्वोधनले आशाको सञ्चार गर्न नसकेको महासमिति सदस्यहरुको मुहारमा प्रष्टसँग झल्कन्थ्यो।…