काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरूको कार्यविभाजन र पार्टीको अभियानलाई प्रभावकारी बनाउन अभिमुखीकरण दिएका छन् । आइतबार पार्टी कार्यालय पेसिडाँडाका बसेको स्थायी समिति बैठकपछि प्रवक्ता अग्नि सापकोटाले अध्यक्ष दाहालले नेताहरूको कार्यविभाजन र चैत १ गतेबाट सुरु गर्ने अभियानलाई प्रभावकारी बनाउन अभिमुखीकरण दिएको भन्दै थप दुईदिन गृहकार्य गर्ने समय समेत दिएको जानकारी…