काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको परिस्थिती आँखाले देखेकोजस्तो सामान्य नरहेको उल्लेख गरेका छन् । शुक्रबार बसेको राप्रपाको केन्द्रीय सल्लाहकार समितिको बैठकलाई उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले देशको अवस्था आँधी आउनु अगाडिको सन्नटा जस्तो भएको बताएका हुन् । उनले भने, ‘अहिले देश हेर्दा सबै ठिकठाकै चलेको जस्तो देखिन्छ । शान्त छ, कुनै …