रौतहट । यस वर्ष रौतहट जिल्लाका विभिन्न ग्रामीण तथा सहरी क्षेत्रहरूमा आँपका रूखहरू मोजर (मन्जरी) ले ढकमक्क भरिएका छन् । मौसमले साथ दिएको र उचित समयमा मोजर पलाएका कारण विगतका वर्षहरूको तुलनामा यसपालि आँपको उत्पादनमा निकै वृद्धि हुने अनुमान गरिएको छ ।जिल्लाका निजी बगैँचा मात्र होइन, सरकारी कार्यालय परिसरमा रहेका आँपका रूखहरू समेत यतिबेला मोजरले…