काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले चालक दलको कमजोरीका कारण एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको जनाएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा त्यसबारे प्रारम्भिक प्रतिक्रिया दिएका हुन् । दुर्घटनाको विस्तृत विवरण भने सरकारले गठन गरेको छानबिन समितिले दिने उनले बताए । उड्डयन प्राधिकरणको भिजियोल फ्लाइट रुट (भीएफआर)ले…