काठमाडौं । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सफलतापूर्वक सम्पन्न गराउन निर्वाह गरेको भूमिकाप्रति नेपाल सरकारलाई बधाई ज्ञापन गरेको छ ।अभियानकोतर्फबाट अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतम र नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालसहितको प्रतिनिधिमण्डलले शुक्रबार सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटगरी प्रतिनिधिसभा निर्वाचन (फागुन २१ गते) शान्तिपूर्ण, निष्पक्ष…