काठमाडौं । विश्वमै अति दुर्लभ मानिएको हाँस प्रजातिका बैकाल गैरी चरा ललितपुरको नागदहमा फेला परेको छ । केही दिनअघि उक्त चरा नेपाल आएको हो । प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ (आइयूसीएन)ले समेत खतरामा रहेको अर्थात रातो सूचीमा राखेको हाँस प्रजातिको बैकाल गैरी चरा नागदहमा फेला परेको हो । साइबेरियाको दक्षिण–पूर्वी क्षेत्रमा बस्ने गरेको बैकाल गैरी…