काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्स व्यवस्थित भयो भने पर्यटन क्षेत्र र अर्थतन्त्रलाई पनि सुधार गर्न सक्ने बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल एरलाइन्सको ६७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले नेपाल एरलाइन्स सबैसँग जोडिएको विषय भएको भन्दै यसको विकास भएको खण्डमा पर्यटन क्षेत्र र अर्थतन्त्रको विकास हुने औंल्याए ।…