Logo

नेपाललाई सातौँ सफलता

काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो खेलमा नेपालका कुशल भुर्तेलले सातौँ सफलता दिलाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर फिल्डिङमा उत्रिएको नेपालका निम्ति भुर्तेलले १५.१ ओभरमा आयरल्यान्ड वुल्भ्सका ग्यारेथ फियोन ह्यान्डलाई दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए । जारी खेलको १५.१ ओभर सकिँदा आयरल्यान्ड वुल्भ्सले सात विकेट गुमाएर ८४ रन बनाएको छ ।