काठमाडौं । सरकारलाई ४० बुँदे माग राखेर मंगलबार काठमाडौंमा राप्रपाले गरेको विरोध प्रदर्शन समग्रमा सफल भएको निष्कर्ष निकालेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा जनप्रदर्शनको समीक्षा गर्दै प्रदर्शन समग्रमा सफल भएको निष्कर्षमा पुगेको हो । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसिरहेको बैठकको प्रारम्भमा अध्यक्ष लिङ्देनले प्रदर्शनमा प्रशासनिक दमनबाट केही…