काभ्रेपलाञ्चोक। धुलिखेल–खावा सडकखण्डमा कालोपत्रे कार्य गर्न आगामी चैत ७ गतेदेखि दुई हप्तासम्म रातिको समयमा यातायात बन्द गरिने भएको छ।सडक डिभिजन कार्यालय भक्तपुरले जारी गरेको सूचनाअनुसार चैत ७ देखि २० गतेसम्म दैनिक साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ।कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुनम योगेशका अनुसार सो अवधिमा ठूला चारपांग्रे सवारीसाधन…