हेटौंडा, मकवानपुर । श्रमदान मकवानपुर अभियानअन्तर्गत आजदेखि हेटौंडा अस्पताल परिसरमा सरसफाइ कार्यक्रम सुरु गरिएको छ । अभियानका संयोजक हरि खड्काका अनुसार सरसफाइको सुरुआत अस्पताल क्षेत्रबाट गरिएको हो । उनले अभियानमार्फत हेटौंडा तथा आसपासका क्षेत्रमा स्वच्छ वातावरण कायम गर्न निरन्तर कार्यक्रम सञ्चालन गरिने बताए । उनका अनुसार सरसफाइमा अभियानका सदस्य, स्थानीय स्वयंसेवक र सरोकारवालाहरूको सक्रिय सहभागिता…