मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ पशुपतिनगरस्थित पूर्व–पश्चिम सडकखण्डमा शनिबार साँझ भएको सवारी दुर्घटनामा एक महिलाको ज्यान गएको छ । मकवानपुर प्रहरीका अनुसार रातोमाटेबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०२–०४५ प ५५९७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०३–००५ प ९०६९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा वीरगञ्ज महानगरपालिका–१३, मुर्ली बस्ने वर्ष ४८ का…