काठमाडौं । यंत्रकलाको ब्यानरमा निर्माण भएको नेपाली एनिमेटेड चलचित्र ‘जय लाखय्’ यहि भाद्र १४ गते एफक्यूब सिनेमा, केएल टावर, चाबहिलमा प्रिमियर हुन लागेको छ। आठ वर्ष लगाएर निर्माण गरिएको यस चलचित्रमा नेवाः समुदायमा लाखेको इतिहासको महत्त्व दर्शाउन खोजिएको छ। आउँदो ईन्द्र जात्राको पर्व र नेपालको सांस्कृतिक इतिहासलाई नेपाल बाहिरका दर्शक र नयाँ पुस्तासम्म पुर्याउने जमर्को…