सुर्खेत । नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर बिष्ट आईतबार दिउँसो कर्णाली प्रदेशसभामा भेटिए । पालिकामा क्रियाशिल राजनीतिक दलका प्रतिनिधिसहित आएका अध्यक्ष बिष्टले प्रदेशसभा परिसरबाहिर रहेका प्रदेशसभा सदस्यहरुलाई प्रदेशसभा भित्र आउनुको कारण सुनाउँदै गाउँको बिकासका लागि प्रदेश सरकारको साथ चाहिएको बताए । उनले केहि योजना कार्यान्वयनमा देखिएको ढिलाई र आगामी बर्षको बजेटमा आफ्नो पालिकाका योजनाहरुको प्राथमिकताका बिषयमा…