सिरहा । गोलबजार नगरपालिका–७ कदिमा टोलदेखि मास्तिर घुर्मी नदी किनारमा अवैध रुपमा भारी मात्रामा उत्खनन् गरी माटो, गिटी र बालुवा निकाल्नेक्रम धमाधम भइरहेको छ । यो उत्खनन्का लागि वातावरणीय प्रभाव मूल्यांकन पनि गरिएको पाइएको छैन् । स्थानीय नगरपालिकासँग नियमानुसार इजाजत पनि लिइएको छैन् । सरकारले प्राप्त गर्नुपर्ने कर पनि छली गरिएको पाइएको छ । उत्खनन्…