काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तिहार तथा नेपाल संवत ११४६ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमार्फत सभापति खड्काले नेपाल विविध जाति, भाषा, धर्म, संस्कृति र पर्वहरूको संगम भएको मुलुक भएकाले यसभित्रको सहिष्णुता र आपसी सद्भावले राष्ट्रिय…