काठमाडौं । पदाधिकारीका उम्मेदवारको टुंगो लगाउन भन्दै नेपाली कांग्रेस संस्थापन पक्षको बैठक बिहानैदेखि बालुवाटारमा बसिरहेको छ । पदाधिकारीका दाबेदार नेताहरुसँग सभापति शेरबहादुर देउवाले छलफल गरिरहेको बुझिएको छ । सभापतिमा देउवा आफैँ उम्मेदवारी दिँदैछन् भने उपसभापतिमा विजय गच्छदार, महामन्त्री पूर्णबहादुर खड्काले दाबी गरेका छन् । यस्तै, महामन्त्रीमा गृहमन्त्री बालकृष्ण खाँण, सहमहामन्त्री प्रकाशशरण मत, नेता एनपी साउद,…