काठमाडौं । पाकिस्तानको राजनीति एकाएक तरंगिएको छ । प्रधानमन्त्री इमरान खान अल्पमतमा परेपछि अविश्वासको प्रस्तावमाथि आज मतदान हुँदैछ । पाकिस्तानको तल्लो सदन नेसनल एसेम्ब्लीमा मतदान हुन लागेको हो ।उनीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव पारित भएमा खान स्वतः पदमुक्त हुनेछन् । ३४२ सदस्य रहेको सदनमा गत साता खानको पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) ले बहुमत गुमाएको थियो ।गठबन्धनका केही…