काठमाडौं। नेपालको वर्तमान अवस्था र अबको बाटोबारे अमेरिकामा सर्वपक्षीय छलफल गरिएको छ। न्युयोर्कमा गत आइतबार नेपाली जनसम्पर्क समिति अमेरिकाले गरेको अन्तर्क्रियामा नेपालका मुख्य राजनीतिक दलहरूसँग निकट प्रवासी संगठनहरूमा आबद्ध पदाधिकारीलगायत सहभागी थिए। अन्तर्क्रियामा विभिन्न जातीय र धार्मिक संघसंस्था र न्युयोर्कमा रहेका नेपालीहरू समेत उपस्थित थिए। नेपालको वर्तमान राजनीतिक, आर्थिक, सामाजिकलगायत विषयहरूमा केन्द्रित रहेर अन्तर्क्रिया गरिएको…