वीरगञ्ज । भ्रष्टाचारविरुद्ध मानव अधिकार तथा शान्ति समाजले वीरगञ्जमा प्रदर्शन गरेको छ । समाजको २६ औं राष्ट्रिय परिषद् बैठक शुरु हुनुअघि शुक्रबार दिउँसो भ्रष्टाचारविरुद्ध प्रदर्शन गरिएको हो । प्रदर्शनमा एनसेल घोटाला प्रकरणको विश्वसनीय र न्यायिक छानविन आयोग गठन हुनुपर्ने र उक्त प्रकरणमा संलग्न प्रधानमन्त्री एवं पूर्वप्रधानमन्त्रीहरुलाई कारवाही गर्नुपर्ने माग गरिएको थियो । प्रदर्शनमा ‘एनसेल महाघोटालाः…