काठमाडौं । बंगलादेशकी वर्तमान प्रधानमन्त्री शेख हसिना लगातार चौथो पटक प्रधानमन्त्री बन्ने पक्का भएको छ । आइतबार भएको आम निर्वाचनमा हसिनाको पार्टी अवामी लिगले संसदको तीन सय सिटमध्ये २ सय ४ सिटमा जित निकालेको छ । यसपटक दुई सय ९९ सिटमा मतदान भएको थियो । योसँगै हसिनाले लगातार आठौं पटक चुनाव जितिन् । गोपालगञ्ज–३ सिटबाट…