काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले छाउपडीमा बसेकी अछामकी बालिकामाथि भएको घटनाबारे जवाफ दिन गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन् । अछामको पञ्चदेवल नगरपालिका–२ को छाउगोठमा किशोरी बलात्कृत भएको भन्दै सांसदहरूले सरकारको जवाफ मागेका थिए । राष्ट्रिय सभाको आइतबारको बैठकमा अध्यक्ष दाहालले सांसदहरुले उठाएका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै घटनाबारे सभालाई जानकारी दिन गृहमन्त्रीलाई…