पोखरा । कास्की जिल्लाको रमणीय डाँडामाथि अवस्थित पुम्दीकोट अहिले धार्मिक पर्यटनको आकर्षण बनेको छ । यहाँ स्थापित विशाल महादेव (शिव)को मूर्ति आकाशबाट हेर्दा अझ भव्य र मोहक देखिन्छ । ड्रोनमार्फत खिचिएका दृश्यहरूले केवल मूर्तिको सौन्दर्य मात्र होइन, वरिपरिको प्राकृतिक दृश्यावलीलाई समेत उजागर गर्छन् । हरियालीले घेरिएको डाँडामाथि शान्त मुद्रामा बसेको महादेवको प्रतिमा भक्तजन र पर्यटक…