काठमाडौं। विद्याकी देवी सरस्वतीको पूजाआराधना गरी देशभर श्रद्धा र भक्तिसाथ आज (शुक्रबार) श्रीपञ्चमी मनाइँदैछ । आज बिहानैदेखि स्वयम्भूस्थित सरस्वती मन्दिरमा दर्शन, पूजा र विशेष धार्मिक कर्मका लागि भक्तजनको चहलपहल देखिएको छ । सरस्वतीलाई विद्या र बुद्धिकी ज्ञाता मानिन्छ जसका कारण आजको दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ। सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरिए…