हेटौडा । चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष दयाराम दाहालले चलचित्र सेन्सर बोर्डको नाम परिवर्तन गरेर ‘प्रमाणिकरण बोर्ड’ राख्नुपर्ने बताएका छन् । चलचित्र पत्रकार संघ नेपाल, केन्द्रीय कार्यसमितिको आयोजना र चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाको सह–व्यवस्थापनमा बागमती प्रदेशको राजधानी हेटौंडामा भइरहेको प्रथम राष्ट्रिय भेला र चलचित्र पत्रकारिता कार्यशालामा सोमबार उनले यो कुरा बताएका हुन् ।…