काठमाडौं । नेपालका लोकप्रिय गायक दुर्गेश थापाको पहिलो लाइभ कन्सर्ट यही वैशाख १८, २०८२ (१ मे २०२५) मा हायात ग्राउन्ड, बौद्धमा आयोजना हुने भएको छ। कन्सर्टको टिकट खल्ती र आइएमई पे जस्ता डिजिटल वालेट प्लेटफर्मबाट अनलाइनमा उपलब्ध गराइने छ। यस कन्सर्टको टिकट खरिदको लागि खल्ती र आइएमई पेले प्रयोगकर्ताहरूलाई सहज र झन्झटविहीन प्रक्रिया प्रदान गर्नेछन्।…