काठमाडौं । जन प्रशासन क्याम्पस, काठमाडौंमा एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। एमपिए तेस्रो सेमेस्टरको परीक्षा दिइरहेका केशव रोकायालाई प्रहरीले असार १० गते पक्राउ गरेको हो। जिल्ला जुम्ला, चन्दननाथ नगरपालिका–८ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका–४, धुम्बाराही बसोबास गर्ने २६ वर्षीय रोकायाले दान बहादुर रोकायाको तर्फबाट परीक्षा दिइरहेका थिए। जन प्रशासन क्याम्पसबाट प्राप्त लिखित पत्रका…