काठमाडौँ । उत्तर पुस्तिका हराएको प्रकरणमा त्रिभुवन विश्वविद्यालयले केही दिनमा निर्णय गर्ने भएको छ । उत्तर पुस्तिका हराएको विषयमा छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा त्रिविले केही दिनभित्रमा निर्णय गर्न लागेको हो । २०८० सालको वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य विषय (४२२) र शिक्षा शास्त्र सङ्काय…