काठमाडौं । तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन मंसिर १४ र १५ गते अर्थात् नोभेम्बर २९ र ३० का दिन हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयाजना गर्दै प्याब्सनले उक्त शैक्षिक सम्मेलन काठमाडौंको होटल हायत रिजेन्सीमा सम्पन्न गर्ने जानकारी दिएको हो । सम्मेलनका मुख्य उद्देश्यहरूमा विद्यालयको स्तर उन्नति, कक्षा कोठाको सुधार, शैक्षिक नेतृत्वको विकास…